Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्यायपरिषदको बैठक सम्पन्नः विशेष अदालतको अध्यक्षमा पौडेल, राजस्व न्यायाधीकरणमा ढुंगाना


    बुधबार, फाल्गुन ११ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदको बैठकले विशेष अदालतका अध्यक्षसहित ६ न्यायाधीशको सरुवा गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको परिषदको बैठकले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई जिम्मेवारी दिएको छ । त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा रमेश पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, खुुसीप्रसाद थारु र बलभद्र बास्तोलालाई सरुवा गरेको छ ।

    विशेष अदालतमा ७ महिनादेखि अध्यक्षसहित ४ न्यायाधीश रिक्त थिए । जसका कारण भ्रष्टाचारका मुद्दाहरुको सुनुवाईमै असर पर्दैआएको थियो ।  

    त्यसैगरी न्यायपरिषदको बैठकले राजस्व न्यायाधीकरणको प्रमुखमा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानालाई जिम्मेवारी दिएको छ । राजस्व न्यायाधीकरणमा ७ महिनादेखि नै प्रमुख रिक्त थियो, जसका कारण करसम्बन्धी मुद्दाको पुनरावेदनका निवेदनहरुको सुनुवाई हुन सकेको थिएन । 
    ७ महिनादेखि विशेष अदालतमा अध्यक्षसहित ४ न्यायाधीश रिक्त थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार