Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस


    बुधबार, फाल्गुन ११ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीशको नाम सिफारिस गरेको छ । बुधबार बसेको परिषद्‌को बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

    विशेष अदालतको अध्यक्षका लागि उच्च अदालत पाटनमा दरबन्दी भइ हाल उच्च अदालत पोखराको बागलुङ इजलासमा रहेका न्यायाधीश श्रीकान्त पौडेलको नाम सिफारिस भएको छ । 

    सदस्यका लागि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रमेशकुमार पोखरेल, उच्च अदालत विराटनगरका न्यायाधीश यमुना भट्टराई, उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश शालिग्राम कोइराला, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बलभद्र बास्तोला र उच्च अदालत पाटनका न्यायाधीश खुसी प्रसाद थारुको नाम सिफारिस भएको छ । 

    ६ न्यायाधीश रहने व्यवस्था भएको विशेष अदालतमा गत साउन १ देखि अध्यक्षसहित चार न्यायाधीशको पद रिक्त छ।  विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने व्यवस्था  छ । आज सिफारिस भएका व्यक्तिबाट सरकारले नाम छनोट गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार