काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिनाटिकट बिनाभिसा कतारको दोहा जान लागेका एक युवक पक्राउ परेका छन् ।
गत सोमबार (९ फागुन) मा दुबई उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास विमानभित्र पसिसकेको अवस्थामा रौतहटका असरफ आलमलाई पक्राउ गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा घेरा पार गरेर उनी कसरी विमानको बिजनेस क्लास सम्म पुगे सो घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
पासपोर्ट र टिकट बिना नै बिजनेस क्लासको सिटमा गएर बसेका आलम १ महिना अघि पनि त्यसै गरी विमानमा पुगेका थिए । तर, प्रहरीले सो समस्या समाधानमा ध्यान नदिँदा उनी दोस्रो पटक विमानसम्म पुगेका छन् ।
आलम कोटेश्वर तर्फबाट विमानस्थलको पेरिमिटर नाघेर जहाजमा पुगेको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले बताए ।
आलमलाई अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाई छ ।