Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गर्ने युवक पक्राउ


    बुधबार, फाल्गुन ११ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ परेको छ ।

    बलेफी गाउँपालिका-१ ठाटिकुना वनकाली बस्ने ३२ वर्षीय जीवन तामाङले २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    दाउरा चिर्ने विषयमा विवादका कारण जीवनले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार