Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४८ लाखको नियन्त्रित औषधिसहित ९ जना पक्राउ


    मंगलबार, फाल्गुन १० २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । नियन्त्रित औषधि अवैध रुपमा खरिद-बिक्री गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

    सुन्दरहरैंचा नगरपालिका-१० मा रहेको नेती फर्मा र डे.ड्रिम मेडिसिन सेन्टरका सञ्चालकसहित खरिद गर्नेहरूलाई पक्राउ गरिएकाे हाे ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका-१० का शुशिलकुमार काफ्ले, गोमा कार्की, अरुण राई र सनम तामाङ छन् । त्यस्तै सुन्दरहरैचा नगरपालिका-१ का सनम खवास तथा सुन्दरहरैचा नगरपालिका-९ का सुबास राई, जुसन सुनाम, निमेश परियार र अनुप खड्का पनि पक्राउ परेका छन् ।

    उनीहरूको साथबाट २२ लाख साढे १८ हजार बराबरको स्पासपाइन, ८ लाख ८१ हजार बजारको एन्टीकोफ, ९ लाख ४६ हजार १५० रुपैयाँ बराबरको निओरिन, ७ लाख ३० हजार बराबरको एपबलिन र ६० हजार बराबरको प्रि-जेड ७५ गरी ४८ लाख ३५ हजार ६५० रुपैयाँको नियन्त्रित औषधिसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार