Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुटपिटबाट ७० वर्षीय वृद्धको मृत्यु


    मंगलबार, फाल्गुन १० २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । शिवराज नगरपालिका-३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका-६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको छ ।

    शिवराज नगरपालिका-३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टन्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार