Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ को नामका विषयमा ठूला दलहरू आ-आफ्नै अडानमा


    मंगलबार, फाल्गुन १० २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ को नामाकरण सहमतिका आधारमा टुंगोमा पुर्‍याउने भनिए पनि दलहरू भने आ-आफ्नै अडानमा देखिएका छन् । 

    प्रदेश १ को नामाकरणका विषयमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव गठित समितिले मंगलबार आयोजना गरेको सर्वदलीय छलफलमा दलहरूले प्रदेश नामाकरणका विषयमा ठोस कुरा भने राखेनन् । राजनीतिक दलका प्रदेशका शीर्षनेता सहभागी बैठकले सहमतिका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने उनीहरूकाे भनाइ थियाे ।

    सर्वदलीय बैठकमा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले गठबन्धनको तर्फबाट धारणा आएपछि बल्ल आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । उनले एमाले पेलेर जाने या ठेलेर जाने भएको भए दुई तिहाको सरकार भएका बेला प्रदेशको नाम टुंगोमा पुर्‍याउने बताए । ‘हामी उहिल्लै नाम राख्थ्याै,’ उनले भने ।

    सरकारले साझा प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको उनले बताए । न्यौपानेले अहिले एमालेको कसैसँग विमति नभएको र साझा रूपमा एमाले नामको विषयमा छलफल गर्न तयार रहेको बताए ।

    नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले नामाकरणको विषय सजिलो नभएको बताए । उनले नामको विषय आजै निर्णयमा पुग्न नसक्ने धारणा राखे । पहिचानको विपक्षमा कांग्रेस नभएको भन्दै उनले जे नाम राखे पनि यहाँ बस्नेले यो नाम मेरो पनि हो भन्ने हुनुपर्नेमा कांग्रेस रहेको बताए ।

    माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बङले पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा आफ्नो दल रहेको बताए । उनले पहिचान पनि कुन भन्नेमा छलफल भइरहेको, तर अहिले नै पार्टी यही नाम हुनुपर्छ भन्नेमा स्पष्ट भइनसकेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार