Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी विरुद्धको परेकाे रिट सर्वोच्चद्वारा दरपीठ


    मंगलबार, फाल्गुन १० २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमसीसी संसदमा पेश भइसकेकाे भन्दै अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।

    एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने हुनाले दरपीठ गरिएको सर्वाेच्च स्राेतले बतायाे ।

    एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अदालतमा रिट परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार