Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई आज दोस्रोपटक इतिहास रच्ने मौका, यस्तो छ यूएईविरुद्धको सम्भावित-११


    मंगलबार, फाल्गुन १० २०७८
    800
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ । ओमानमा जारी आईसीसी पुरुष टी –२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आज सेमिफाइनल खेलमा यूएईसँग खेल्दैछ । हिजो भएको समूह चरणको अन्तिम खेलमा क्यानडामाथि ८ विकेटको विशाल जित हासिल गर्दै नेपालले यूएई सँगको भेट पक्का गरेको हो ।

    क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १४.६ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ८० रन बनायो।

    ८१ रनको बिजयी लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा मात्र दुई विकेट गुमाएर जित सुनिश्चित गर्यो । नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २७ रन बनाए।

    यस्तै, नेपालको जितमा कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गरे। उनले ४ ओभरमा १२ रन दिएर तीन विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, अविनाश बोहराले दुई/दुई र कुशल मल्लले एक विकेट हात पारे ।  

    यो पनि: क्यानडाविरुद्ध नेपालको जित (फोटो फिचर)

    लगातारको तीन जितपछि नेपालले आज यूएईसँग पनि आफ्नो विजय यात्रा जारी राख्ने सोचमा हुनेछ । नेपालले आजको खेला लागि टिममा कुनै खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छैन । सन् २०१४ मा पनि नेपाललाई प्रशिक्षक पुबुदुलेदुले नै विश्वकप छनोट गराएका थिए भने ८ वर्ष पनि पनि सोहि सफलता दोहोर्याउने मौका उनी र नेपाली टिम गुमाउन चाहँदैन।

    नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ गर्नेछन् । नेपालले यूएईविरुद्ध दुवैदुवै ओपनिङ ब्याट्सम्यानले खराब सुरुवात दिए पनि आज ठूलो स्कोरको आशा गरेको छ ।

    आजको खेलमा यी दुई खेलाडी को उत्कृष्ट खेलको ठूलो महत्त्व रहेको छ । किन भने आज ओपनि ब्याट्सम्यानले राम्रो सुरुवात दिए पक्कै पनि नेपालले जित हासिल गर्ने ठूलो भूमिका खेल्नेछ ।

    तेस्रो नम्बरमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिइने छ, चौथौ नम्बरमा पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरी लाई पनि निरन्तरता दिनेछ।  पाँचौं नम्बरमा आरिफ शेखले नेपाली टिमलाई समाल्ने छन् ।

    छैटौं नम्बरमा लोकेश बमले मौका पाउनेछन् । सातौं नम्बरमा भने कुशल मल्लले मौका पाउने छन् । त्यसपछि भने कमलसिंह ऐरी र जितेन्द्र मुखियाले समाल्ने छन्।

    यस्तो छ यूएईविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ :

    कुशल भुर्तेल, आसि फ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी , आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी , सन्दीप लामिछाने(कप्ता न), अविनाश बोहरा र जितेन्द्र मुखिया ।

    यो पनि: क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने

    टी–२० विश्वकप ग्लोबल छनोट तयारी: असन्तुष्ट खेलाडीबिना पनि क्रिकेट प्रशिक्षण सुरु हुने

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार