Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एयरपोर्टबाट ७७ लाख भन्दा बढी मूल्यको सुन बरामद, बंगलादेशीसहित भारतीय नागरिक पक्राउ


    सोमबार, फाल्गुन ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । दुबईबाट आएका एक बंगलादेशी नागरिकलाई ९३६ ग्राम सुनसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दुबईबाट आएको हिमालयन एयरलाइन्सको उडान नं एच ९५६६ मा आएका बंगलादेशी नागरिक मोहम्मद टोफिक्यू उल्लाहलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको छ । उनले लगाएको पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई मेटल डिटेक्टरले डिक्टेट गर्न नसक्ने बनाएको पेटी आकारको अर्धठोस सुनको पोका थान–१ बरामद गरेको छ ।

     ती बंगलादेशी नागरिक उल्लाहले लगाई आएको भित्री बस्त्रमा लुकाई छिपाई लिइआएको मेटल डिटेक्टरले डिटेक्ट गर्न नसक्ने बनाएको बेलना आकारको अर्धठोस सुन थान २ गरी कुल तौल ९३६ ग्राम सुन बरामद गरेको हो । उक्त सुनको अन्दाजी मूल्य रु.७७ लाख १९ हजार ६ सय ६० मात्र बराबरको सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

    बंगलादेशी नागरिक उल्लाहले भारतीय नागरिक पारसनाथ शाहले भन्सार छली गर्न लगाएको हो भनी खुलाए पश्चात् उनीसमेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले बंगलादेशी नागरिक र भारतीय नागरिकलाई सुनसहित विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार