Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उदयपुरको जंगलमा अनुहार सडेको अवस्थामा शव फेला


    सोमबार, फाल्गुन ९ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर । उदयपुरमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ टोड्के १४ किलो भन्ने ठाउँमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

    सोमबार बिहान अन्दाजी ८ बजे सिद्धिचरण राजमार्गबाट झण्डै ३० मिटर तल भीर पाखामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय उयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । घाँस दाउराका लागि जंगल पसेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

    शव फेला परे पनि अनुहारको भाग किरा र औँसा परेर नचिनिने भएपछि थप पहिचानका लागि प्रहरीले हुलीया सहित तस्वीर सार्वजनिक गरेको छ । जस अनुसार मृतकले निलो आकशे रङ्गको जरीकोट (स्टकोट), गुलाबी रङ्गको पूरा बाहुले सट, निलो रङ्गको भेष्ट, कालो सफ्ट जिन्स पाइन्ट लगाएका छन् ।

    त्यस्तै खैरो रङ्गको गलबन्दी घाँटीमा बेरेका छन् । मोटो शरीर ५ फिट ५ ईन्च उचाई, कपाल छोटो केही फुलेको अनुहारमा बाक्लो छोटो दारी छ । उमेर भने अन्दाजी ५० देखि ५५ वर्ष बीच अनुमान गरिएको प्रहरीले जनाएको छ । हातको कान्छी औला केही सानो भई मासु टासिएर हत्केला तिर नुहीएकाले औँला सीधा नहुने हुलीया इलाका प्रहरी कार्यालय कटारीले सार्वजनिक गरेको छ । न्युज कारकाखा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार