Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपाली क्रिकेट टीमलाई बधाई दिंदै राष्ट्रपतिले भनिन्- विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्


    सोमबार, फाल्गुन ९ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् । 

    समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेकेपछि राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालबाट बधाई दिएकी हुन् । उनले नेपाली टोलीलाई नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफलताको कामना व्यक्त गरेकी हुन् । 

    ‘ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚अग्रिम शुभकामना !’ भण्डारीले शुभकामनामा भनेकी छन् । 

    274212664_989545878628220_4080764379654574043_n.png.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार