Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • नेपाली बलरसामु टिक्न सकेनन् क्यानडाका ब्याट्सम्यान, दियो ८१ रनको लक्ष्य


    सोमबार, फाल्गुन ९ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसिसी टी-२० विश्वकपको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

    नेपालका बलरसामु क्यानडाका ब्याट्सम्यान निरीह बनेका छन् । क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको छ । नेपाललाई ८१ रनको टार्गेट दिएको छ ।

    टस जितेर पहिला ब्याटिङ गरिरहेको क्यानडाका ब्याटर नेपालका खेलाडीसामु खुलेर खेल्न सकेनन् । १० ओभरको समाप्तिसम्म क्यानडाले आफ्ना महत्वपूर्ण आठ विकेट गुमाइसकेको थियो । 

    क्यानडाले १० ओभरमा ८ विकेट गुमाएर ४८ रन बनाएको थियो । क्यानडाविरुद्ध सन्दीप लामिछाने र कमलसिंह ऐरी हाबी देखिए । सन्दीपले तीन र ऐरीले दुई विकेट लिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार