काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबुल भएपछि आन्दोलनले झनै उग्र रूप लिएकाे छ ।
एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको छ ।
दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र निकै तनावग्रस्त बनेको छ ।
आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि भन्दै प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि प्रहरीले गोली पनि चलाएको हो ।