Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीकोसी नगरपालिकामा ताला लगाउने क्रममा झडप, दुई जना घाइते


    आइतबार, फाल्गुन ८ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । चार  दलका कार्यकर्ताले  लगाएको ताला फुटाएपछि पुन: आइतबार ताला लगाउने क्रममा झडप भएको हो ।

    ६ बुँदे माग राख्दै बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । जनप्रतिनिधिले गत शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको स्थानीयले बताए ।

    झडपका क्रममा सप्तकोशी नगरपालिका-४ का वडा अध्यक्ष बद्रिनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    अप्रिय घटना हुन नदिन नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले २४ माघमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरूले तालाबन्दी गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार