Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बाजुराको धुलाचौरमा थ्रीजी इन्टरनेट सेवा सुरू


    आइतबार, फाल्गुन ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा थ्रीजी इन्टरनेट सेवा सञ्चालन सुरु भएको छ । देशका केही स्थानमा फाइभ जी इन्टरनेट सुरू भइसके पनि बाजुरामा भने भर्खरै थ्रीजी इन्टरनेट सेवा विस्तार भएको हो ।

    हिमाली गाउँपालिका धुलाचौर बाजुरा थ्रीजी इन्टरनेट सेवा आजबाट सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । हुम्ला जिल्लामा पर्ने केही स्थानीय तहका नागरिकसहित मुगुको केही स्थानीय तहका नागरिकलाई इन्टरनेट पहुँचमा रहने गरी थ्रीजी नेट सेवा सञ्चालन गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । 

    हिमाली भरीका स्थानीयले सेवा लिने गरि इन्टरनेट टावरको जडान गरेको उनको भनाइ छ ।  अध्यक्षले भने, ‘आफ्नो कार्यकालमा स्वास्थ, शिक्षा, यातायात, खानेपानी, बिजुली बत्तीको व्यवस्था पूर्ण रुपमा गरेका छाैं ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार