Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • टी-२० विश्वकप ग्लोबल छनोट: फिलिपिन्सविरुद्ध पहिले ब्याटिङ् गर्दै नेपाल, दुई खेलाडी परिवर्तन


    शनिबार, फाल्गुन ७ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। ओमनमा जारी आईसीसी टी- २० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध पहिले ब्याटिङ् गर्ने भएको छ। 

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस हारेर ब्याटिङ्को निम्तो पाएको हो । फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइलनमा पुग्ने लक्ष्यमा हुनेछ । खेल अबको केही मिनेटपछि सुरु हुनेछ ।

    नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले तीव्र गतिका बलर गुलशन झाई टि-२० आईमा डेब्यू दिएको छ । घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको छ ।

    नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।

    शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ ।

    प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्  ।

    फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११ :

    आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार