Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनाेट


    शनिबार, फाल्गुन ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ।राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनाेट भएका छन् । 

    राईनासका आठ, बेसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनाेटमा परेका छन् । त्यस्तै, दोर्दीका पाँच, मध्यनेपालका चार, मर्स्याङ्दीका  तीन र दुधपोखरी गाउँपालिकाकाे एउटा विद्यालय छनाेट भएको छ ।
    शिक्षा तथा मानव स्राेतत विकास केन्द्रका अनुसार छनाेट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ । त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र  एउटा विद्यालय प्रयोगशालाका निम्ति छनाेट भए ।

     आठ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने नौ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ । जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनाेटमा परेका थिए ।

    छनाेट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार