Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रञ्जु दर्शनाले किसु कुइँकेलसँग गरिन् इन्गेजमेन्ट


    शुक्रबार, फाल्गुन ६ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले इंगेजमेन्ट गरेकी छन् । उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् ।

    ‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं,’ उनले लेखेकी छन्, ‘तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

    उनको विवाह कहीले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उनी  चर्चामा आएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार