Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसिसीबारे नेपाललाई अमेरिकाले धम्की दिएको दाबी गर्दै चीनले भन्यो- धम्कीपूर्ण कूटनीतिको विरोध गर्छौं


    शुक्रबार, फाल्गुन ६ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । छिमेकी देश चीनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे मुख खोलेको छ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

    पत्रकार सम्मेलनमा एकजना पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो।

    ‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भनेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार