Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै


    बिहिबार, फाल्गुन ५ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ । राजमार्ग खुलेसँगै सहरीकरणको नाममा खेतीयोग्य जमिनमा घर बनाउन थालिएको हो । 

    मार्सीधान  खेती गर्ने  जमिनमा अहिले ठूल्ठूला घर निर्माण गरिएको छ । राजमार्ग खुलेपछि आफूले पाँँच मुरीभन्दा बढी धान फल्ने खेत बेचेको चन्दननाथ नगरपालिका ७ कि तारा थापाले बताइन् ।

    उनका अनुसार खेतीयोग्य जमिन मासिन थालेपछि  रैथाने अन्न बाली बचाउन कठिन भएको उनले बताइन् । खेतीयोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज, ट्रायल सेन्टर बनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार