काठमाडाैं । युथ फाेर्सले एमसीसी सम्झौता, सभामुख अग्नीप्रसाद सापकाेटा र मूल्यवृद्धिविरुद्ध काठमाडाैकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ ।
युथ फाेर्सले बिहीबार दिउँसाे नयाँबानेश्वरमा एमसीसी, सभामुख सापकाेटा र मूल्यवृद्धिविरुद्ध प्रर्दशन गरेकाे हाे ।
प्रर्दशनकारीहरूले ‘हत्यारा सभामुख राजिनामा दे’, ‘एमसीसी चाहिदैन’, ‘मूल्यवृद्धि फिर्ता गर’ लगायतका नाराहरू लगाउँदै प्रर्दशन गरेका हुन् ।


