Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धनको बैठक बेलुकी पाँच बजे बस्ने


    बिहिबार, फाल्गुन ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक सरेको छ । 

    मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो । 

    सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु उपस्थित हुनेछन् । 

    अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेपछि बैठक बोलाइएको हो ।  

    एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लीएको छ । कांगे्रस एमसीसीलाई अहिलेकै अवस्थामा हुवहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन् । 

    सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो तर पछि सत्तारुढ अन्य दलको दबाब आएपछि रोकेको थियो । सोही एमसीसीका विषयमा साझा सहमति खोज्नको लागि आज गठबन्धनको बैठक राखिएको हो । 

    ‘एमसीका विषयमा मन्त्रिपरिषद्को बैठकमा गहन छलफल गरेपछि गठबन्धनको बैठक बस्ने सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार