Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • वेस्ट इन्डिजबिरुद्द भारतलाई अग्रता


    बिहिबार, फाल्गुन ५ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो टी-२० खेलमा ६ विकेटको  जित निकाल्दै शृंखलामा १-० को अग्रता बनाएको छ ।  

    बुधबार कोलकत्तामा  १५८ रनको विजयी लक्ष्य पाएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १६२ रन बनायो ।  भारतका  कप्तान रोहित शर्माले ४०, इशान किशनले ३५ रन जोड्दा   सूर्यकुमार यादवले  अविजित ३४ रनको योगदान गरे । 

    यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको  वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रनको योगफल बनायो । वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रन, केली मेयर्सले ३१ रन तथा कप्तान केइरन पोलार्डले अविजित २४ रनको योगदान गरे । 

    भारतका हर्सल पटेल र रबि बिश्नोईले २/२ विकेट लिए । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको हो । दोस्रो खेल आज (बिहिबार) नै रहेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार