काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार एक्ला एक्लै वार्ता भयो । प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो ।
एक्ला एक्लै भएको भेटपछि नेताहरुले आफूहरु निकटका नेताहरुलाई छलफलबारे जानकारी गराएका थिए ।
प्रचण्डले पार्टीमा अधिकांश एमसीसीको बिपक्षमा रहेकाले परिमार्जन नगरि एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको बताएका थिए ।
गठबन्धन भित्र नै बिरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले दुखेसो पोखेको स्रोतको भनाइ छ ।
‘गठबन्धन बनाइयो तर तपाईंहरुले नै बिरोधमा निर्णय गर्नु भयो यसले समस्या पर्यो’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
अमेरिकाले यसलाई गम्भीर रुपमा लिने र यसको प्रभाव देशमा नराम्रो पर्ने देउवाको भनाइ थियो ।
वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रुपमा समस्या पर्ने र सरकार पनि अफ्ट्यारोमा पर्ने देउवाको भनाइ थियो ।
‘अमेरिकाले असहयोग गर्दा विश्व बैंक, मुद्राकोष, एशियाली विकास बैंक लगायत प्राप्त हुने कुराहरु हुँदेनन्’ देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘भारत लगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्न जान्छ।’
देउवाले बारम्बार भने, ‘तपाईंले सरकारको बाध्यता बुझिदिनु पर्यो।’ सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने भएकाले एमसीसी पास गर्नुको विकल्प नभएको देउवाको भनाइ थियो ।
आफ्नो पार्टीले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टी सभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नु पर्ने बाध्यता रहेकोमा उनको जोड थियो ।
‘तपाईं पार्टीका कारण गर्न नसक्ने भएपछि मैले पनि त पार्टी निर्णय अनुसार अघि बढ्नु पर्ने हुन्छ’ देउवाले प्रचण्डलाई भनेका थिए ।
देउवाले प्रचण्डलाई एमसीसीको विपक्षमा मतदान गरेपनि सरकारमै बस्न र गठबन्धन कायम गर्न सकिने प्रस्ताव पनि गरेको स्रोतको दाबी छ । तर प्रचण्डले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने तर्क गरेका थिए ।
दुई जनाबीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो । खाड उपस्थित भएपनि धेरैबेर सम्म अर्थमन्त्री उपस्थित नभएपछि चार जनाबीचको बैठक भने हुन नसकेको स्रोतको भनाइ छ । त्यसपछि नेताहरुबीच भोलिका लागि गठबन्धनको बैठक बोलाउने सहमति जुटयो । न्युज कारखाना
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend