काठमाडौं । बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो ।
बिहान १० बजेपछि बसेको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पारित गर्न नसक्ने निर्णय गर्यो । सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले यदी एमसीसी टेबल गर्न सरकारले जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय समेत गरेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न गयो ।
केही समयअघि मात्र एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर संसदबाट पास गर्न समय माग गरेका प्रचण्ड पार्टीमा एमसीसीको विषयमा अल्पमतमा पर्न गए । जसका कारण एमसीसी पास गराउने निर्णय प्रचण्डले गर्न सकेनन् ।
पार्टीले एमसीसी यथास्थितमा गर्न नसक्ने निर्णयबारे जानकारी गराउन उनी सोझै बालुवाटार पुगे । जहाँ उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक्ला एक्लै वार्ता गरे।
वार्ताका क्रममा प्रचण्डले एमसीसी पास गर्न नसक्नाको पाँच कारण बारे प्रधानमन्त्री देउवालाई बताए । प्रचण्डसँगको भेटबारे देउवा र प्रचण्डले आफू निकटका नेताहरुलाई ब्रिफिङ गरेका थिए ।
स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवाकासँग आफू अन्तर्राष्ट्रिय जगतबाट अलगिदै गएको बताएका थिए । ‘विश्वबाट म एक्लिँदै गएको छु । यस्तो अवस्थामा पार्टीमा पनि एक्लिने अवस्था बन्न दिने कुरा हुँदैन, त्यसैले मेरो विवशता तपाईंले बुझिदिनु परो’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
पार्टी नेता र कार्यकर्तासमेत एमसीसीको विपक्षमा उभिएकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डको भनाइ थियो ।
उनले आफूलाई सभामुख अग्निप्रसाद सापकोटाले पनि साथ नदिएको उनले प्रधानमन्त्रीसँग दु:खेसो पोखे ।
‘यसअघि महराजीले पनि मान्नु भएन अहिले अग्निजीले पनि साथ दिनु भएन’ प्रधानमन्त्रीसँग प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
त्यसपछि प्रचण्डले एमसीसीलाई चुनावपछि लैजाने आफ्नो पूरानो प्रस्तावलाई फेरि सम्झाए । ‘चुनाव नजिकिँदै गएको छ, सक्नुहुन्छ भने एक वर्षपछिलाई सारौं’ प्रचण्डले प्रस्ताव गरे ।
प्रचण्डले स्पष्टताका साथ यही अवस्थामा परिमार्जन नगरी एमसीसीको पक्षमा माओवादी केन्द्र जान नसक्ने बताएका थिए ।
त्यसपछि यसबारे थप छलफलका लागि भोलि गठबन्धनको बैठक बोलाउन दुवै पक्ष सहमत भए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend