Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बानेश्वरबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ


    बुधबार, फाल्गुन ४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार काठमाडौंको नयाँ बानेश्वरबाट उनीहरुलाई पक्राउ गरिएको हाे ।

    पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको गिरीले जानकारी दिए ।

    प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् ।

    एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार