काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका अन्य चार दलले समेत अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई साथ नदिने भएका छन् ।
गठबन्धन दलले नै साथ नदिएछि एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा कांग्रेस एक्लिएको छ ।
सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरिरहेको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाले यथास्थितीमा एमसीसी पास गर्न नदिने जनाउँदै विरोधमा उत्रेका छन् ।
सत्तारुढ दलमध्ये माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीका केही बुँदा राष्ट्रघाती भएको जनाउँदै संशोधन नगरी पास नगर्ने बताएका छन् । जसपा भित्र एमसीसीलाई लिएर एकमत छैन ।
माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका भातृ संगठनले त पछिल्ला दिन दिनहुँ एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएका छन् । जसपा भित्र अध्यक्ष उपेन्द्र यादव पक्ष एमसीसीको विरोधमा छ भने बाबुराम भट्टराई पक्ष अहिलेकै अवस्थामा ढिला नगरी अनुमोदन गर्नुपर्छ भन्नेमा छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । सरकारले पहिला एमसीसीका बारेमा औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै आएको छ ।
प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाले एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टी पनि एमसीसीको विपक्षमा रहेको छ । प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको मजदुर किसान पार्टीले सुरु देखि नै एमसीसीको विरोध गर्दै आएको छ ।
सरकारलाई समर्थन दिएको तर मन्त्रिपरिषद्मा सहभागी नबनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मात्र एउटा यस्तो दल हो जसले स्पष्ट रुपमा एमसीसी अनुमोदन गर्न सघाउने निर्णय गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend