Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • यूईएफए च्याम्पियन्स लिग: रियलविरुद्ध पीएसजीको कठिन जित, एम्बाप्पे बने नायक


    बुधबार, फाल्गुन ४ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । इन्जुरी समयको अन्तिम मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोलसँगै  पीएसजीले  यूईएफए च्याम्पियन्स लिगको  पहिलो लेगमा रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

    घरेलु मैदान पार्क डेस प्रिन्सेसको जितसँगै फ्रेन्च क्लब पीएसजीले भ्रमणकारी रियलविरूद्ध महत्त्वपूर्ण तीन अंक बटुल्यो। जितसँगै पीएसजी क्वाटरफाइनल नजिक रहेको छ । दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ   ।

    फ्रेन्च फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे । नेयमार गत नोभेम्बर पछि पहिलो पटक मैदान फर्किएका हुन् । 

    खेलको ६२ औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियलका गोलरक्षक थियो कोर्टुवाले विफल पारिदिएक थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार