Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा ६८० जनामा कोरोना पुष्टि हुँदा २ जनाकाे मृत्यु


    मंगलबार, फाल्गुन ३ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ । 

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ३९ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ८५९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितमध्ये ९ लाख ४२ हजार ७३७ जना निको भएका छन् । 
    यसैबीच पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार