Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभावले भन्दा मूल्य समायोजन हुने डरले बन्द भए \’पेट्रोल पम्प\’


    आइतबार, चैत्र २ २०७६
    830
    Shares
  • २ मिनेट पाठ
  • चैत ०२, काठमाडौँ । कोरोना भाइरसको कारण पेट्रोलियम पदार्थको अभाव भएको भन्दै  राजधानीको अधिकांश पेट्रोल पम्प बन्द भएको बेला  नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमसँग पर्याप्त तेल मौज्दात रहेको बताएका छन् । उनले  उनले पम्पहरु नखुल्नुको कारण इन्धन अभाव नभएको उल्लेख गरेका छन् । 

    उनका अनुसार अन्तर्राष्ट्रिय मूल्यअनुसार सोमबार मूल्य समायोजन हुने अनुमान गरेर आइतबार पम्पहरुले तेल भर्न नमानेका हुन् ।

    ‘अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएकाले नेपालमा पनि सस्तिन्छ । उनले आज महंगोमा किनेको तेल मौज्दात बस्यो भने घाटा हुन्छ भन्ने डरले डिलरहरुले तेल नउठाएको जानकारी दिएका छन् । 

    उता व्यवसायीहरुले शनिबार निगमको थानकोट डिपो बन्द भएकाले पनि पम्पहरु बन्द भएको तर्क गरेका छन् ।

    तर मुख्य कारण चाहिँ मुल्य समायोजनको पूर्वानुमान नै हो । विगतमा पनि निगमका कर्मचारीले कमिसनको लागि व्यवसायीलाई तेलको मूल्य बढ्ने पूर्वसूचना दिएर बढ्नुभन्दा अघिल्लो दिन धेरै परिमाणका तेल बेच्ने गरेका थिए ।

    मूल्य घट्ने पूर्वसूचना पनि चुहाएर निगमका कर्मचारीले अनुचित लाभ लिने गरेका छन् । निगम र पेट्रोलियम व्यवसायी नाफा र घाटाको खेलमा लाग्दा उपभोक्ताले भने अनाहकमा लाइन बस्नुपर्ने अवस्था आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार