Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • मन्त्री आलेलाई बदनाम गर्ने षडयन्त्र भयोः सचिवालय


    मंगलबार, फाल्गुन ३ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई उत्तेजित पारेर एक बर्ष अघि गरेको कुराकानीलाई अहिले आएर एडिट गरेर भिडियो सार्वजनिक गरेको सचिवालयको आरोप छ ।

    भारतमा बसेर नेपाली नेताहरुलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ताका रुपमा आफूलाई चिनाउँदै आएका जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई हप्काएको कुरा अहिले आएर चर्चामा ल्याइएको भन्दै मन्त्री आलेको सचिवालयले आपत्ति जनाएको छ ।

    एक वर्षअघि आलेसँग भएको संवाद एक बर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । मन्त्री आलेसँग मुम्बईमा बसेर ओलीले रु. ५० लाख माग गरेको र अन्तिममा रु २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीको जिकिर छ । निरन्तर रुपमा मन्त्री आले लगायतका नेताहरुका बिरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उहाँलाई गाली गरेको बताइएको छ ।

    मन्त्री आले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिए केही व्यक्तिहरुका कार्यकर्ताले मन्त्री आले बिरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पारेर भिडियो रेकर्ड गरेको र उक्त कार्यका बिरुद्ध कानुनी उपचार खोज्ने रेग्मीले बताए । उनले भने, “मन्त्रीज्यूलाई षडयन्त्रपूर्वक भिडियो बनाएर बद्नाम गर्ने÷गराउने काम भएको छ, कानुनी उपचार खोज्छौँ ।” ओलीले ब्ल्याकमेल गर्दै आएको र उनलाई पटक पटक सम्झाउँदा बुझाउँदा पनि नमानेको र उल्टै मन्त्री आलेको मानमर्दन हुनेगरी सामाजिक सञ्जालमा टिप्पणी गरेको प्रमुख स्वकीय सचिव रेग्मीको आरोप छ । 

    भारतमा बसेर मन्त्री आलेलाई सामाजिक सञ्जालमा गालौगलौज गर्नुका साथै पटक पटक मानसिक तनाव दिनुका साथै अश्लिल शब्द प्रयोग गर्दै आएका ओलीले मन्त्री आले समाजवादी पार्टीमा प्रवेश गरेपछि एक वर्षअघि भएको संवाद हाल सार्वजनिक गरेको मन्त्री आलेका स्वकीय सचिव रेग्मीको आरोप छ । निरन्तर रुपमा बार्गेनिङ गर्दै आएका ओलीले मन्त्री आलेलाई लिएर असभ्य टिप्पणी गर्नुका साथै गाली गरेको र भिडियोमा आफूले बोलेको असभ्य गालीलाई काटेर मन्त्री आलेको कुरा मात्र राखेको सचिवालयको आरोप छ ।

    भारतमा बसेर ओलीले मन्त्री आलेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री भीम रावल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाका बिरुद्ध पनि मानमर्दन हुनेगरी सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेको पाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार