Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल आयरल्याण्डसँग पराजित


    सोमबार, फाल्गुन २ २०७८
    505
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । चारदेशीय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

    अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो ।

    नेपालका  दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे । 

    आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले समान दुई विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा पूरा विकेट गुमाउँदै  १२७ रनको योगफल तयार पार्‍यो । 

    आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक २८ रन जोडे ।  यस्तै कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रनको योगदान गरे । 

    नेपालका  दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए । यस्तै अविनाश बोहराले दुई  तथा कप्तान  सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान विकेट लिए ।

    आइसिसी पुरुष टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल अघि नेपालले चारदेशीय सिरिज खेलेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार