Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बार्सिलोना फेरि रोकियो


    सोमबार, फाल्गुन २ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । इन्जुरी समयमा लुक डि जङको गोलसंगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसंगै बार्सिलोनाले स्पान्योलसंगै २-२ गोलको बराबरी खेल्दै अंक बाढेको हो । 

    खेलमा दुबै टोली १० खेलाडीमा सिमित भएका थिए । खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इन्जुरी समयमा निकोलासले अर्को रातो कार्ड भेटे । बार्सिलोना जेरार्ड पिकेले रातो कार्डको सामना गरे  ।

    खेलमा भ्रमणकारी टोली बार्सिलोनाले सुरुवाती अग्रता बनायो । दोस्रो मिनेटमै पेड्रीले जोर्ड अल्बाको पासमा गोल गरे । सर्जि डारडरले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए   । राहुल थोमसले ६४औं मिनेटमा गोल गर्दा घरेलु टोली २-१ ले अगाडि बढ्यो ।

    तर, लुकले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए । बराबरी रोकिएसंगै २३ खेलबाट ३९ अंक सहित चौथो स्थानमा छ । २४ खेलबाट २८ अंक सहित स्पान्योल १३औं स्थानमा छ ।

    जारी ला लिगामा ५४ अंक सहित रियल मड्रिड शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार