काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको काज सरुवा भएको छ। आइतबार साँझ प्रहरी प्रधान कार्यालय नक्सालले १० डीएसपीको काज सरुवा गरेको हो ।
काज सरुवा सूची अनुसार तीन जिल्ला र काठमाडौं उपत्यकाका तीन वृत्तका प्रमुख फेरिएका छन् ।
कार्यालयले आइतबार साँझ गरिएको काज सरुवा अनुसार रसुवा, दोलखा, रामेछाप लगायत जिल्लाका डिएसपी फेरिएका छन् । रसुवाका डीएसपी देवेन्द्र पाण्डेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने कुल्दिप चन्दलाई रसुवा पठाइएको छ ।
गंगा पौडेललाई दोलखामा पठाएर त्यहाँ कार्यरत डीएसपी भेषराज रिजाल अपराध महाशाखा र रामेछापमा राजकुमार थिंकलाई पठाएर त्यहाँ कार्यरत नवराज ढुंगानालाई प्रदेश नं १ प्रहरी कार्यालय सरुवा गरिएको छ ।
यस्तै ललितपुरका दुई वटा वृत्तका इन्चार्ज पन फेरिएका छन् । चापागाउँ वृत्तमा द्वारिका घिमिरे र सातदोबाटो वृत्तमा मदन केसीलाई सरुवा गरिएको छ ।
सातदोबाटोमा कार्यरत दिनेश घिमिरे महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चापागाउँ वृत्तका डीएसपी टेकबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् ।