Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चोलेन्द्रमाथिको महाभियोग सकारात्मक: सर्वोच्च बार


    आइतबार, फाल्गुन १ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रुपमा लिएको जनाएको छ । 

    आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । 

    ‘प्रतिनिधि सभाका ९८ जना माननीय सदस्यहरुले प्रधानन्यायाधीश राणाका विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरी न्यायालयमा भएका विकृति, विसङ्गति तथा भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमले न्यायालय भित्रका समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने  यस बारको ठम्याइ छ’ विज्ञप्तिमा जनाइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार