Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कूल मतदाता एक करोड ७९ लाख पुग्ने अनुमान, अघिल्लो निर्वाचनमाभन्दा २५ लाख बढी


    आइतबार, फाल्गुन १ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ । 

    आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । 

    ‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

    आयोगले यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम गरेको थियो । 

    २०७७ पुस ५ गतेसम्म आइपुग्दा देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० जना पुगेको थियो । 

    अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २४ लाख ७२ हजार ६२ मतदाता थपिने अनुमान छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार