Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बारका अध्यक्ष श्रेष्ठ भन्छन्- प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वागतयोग्य


    आइतबार, फाल्गुन १ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गरेको छ । बार लामो समयदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा छ ।

    ‘जसको कारण न्यायपालिकामा विचौलिया र विकृति विसंगति मौलाउँदै गएको छ, उनलाई महाअभियोगको प्रस्ताव अघि बढाउनु स्वागतयोग्य कदम हो,’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

    बारले राणालाई बहिर्गमन गर्नुको  कारणसहित दलहरूलाई १७ बुँदे आधार दिएको थियो । बारले राणाविरुद्ध महाअभियोग लगाउनुपर्ने आधार र कारण दलहरूलाई दिएको र सोही आधारमा यो प्रस्ताव अघि बढेको उनको दाबी छ । सदनबाट उक्त प्रस्ताव पास गराएर न्यायपालिका सुधारका लागि सहयोग गर्न सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई श्रेष्ठले आग्रह पनि गरेका छन् ।

    राणाको बहिर्गमनको माग गर्दै बार १०७ दिनदेखि आन्दोलनमा छ ।  जबराको बहिर्गमन नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।प्रधानन्यायधीश राणाविरुद्ध प्रतिनिधिसभाका एक चौथाइ सदस्यले आइतबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार