Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दीपककुमार कार्की कामुप्रधानन्यायाधीश


    आइतबार, फाल्गुन १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी स्वत: निलम्बित हुने हुँदा कार्की पनि स्वत: कामुप्रधानन्याधीश बनेका हुन् ।

    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

    जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार