Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट फिल्म हल खुल्ने, पुष्पा र चपलीहाइट प्रदर्शनमा 


    आइतबार, फाल्गुन १ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु आजवाट वाट खुल्ला हुने भएका छन् । 

    जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलहरु नियमित रुपमा सञ्चालनमा आउने भएका हुन् । 

    सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरुमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने बताइएको छ। 

    कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो । 

    यस्तै, आजदेखि शैक्षिक संस्था, नाइट क्लवहरु, जिम सेन्टरलगायतका क्षेत्रहरु पुन संचालनमा आउने भएका छन। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार