Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै घर बनेपछी रामपुकारको खुसी: बितेको ४ बर्षसम्म खेपेका पिडाहरु सम्झन नै चाहदैनन


    शनिबार, माघ २९ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • महोत्तरी ।छेउमा २ कोठे पक्की घर छ । प्रत्येक घरका परिवारका सदस्यहरु घरतर्फ हेर्दै टोलाइरहेका छन । बालबालिका कोठाभित्र रमाइरहेका छन । कोही घरको सिगारपेटारमा ब्यस्त छन । अगाडि सम्सी-माइस्थान सडकखण्डमा हुइकिनेहरु एकनाशले बनेका घरहरुलाइ हेरेर मात्र ओहोरदोहोर गर्छन । सडकको वारीपारी पशु-चौपायाका गोठ जस्तो देखिने केही छाप्राहरु पनि छन । अनि यही वस्तिको दायाँ भागमा वडा कार्यालय छ ।  वृद्धहरुको चाउरी परेको अनुहारमा स्पष्ट खुसी देख्न सकिन्छ । 

    यो कुनै चलचित्रको दृश्य हैन न त काल्पनिक कथा नै । गौशाला वडा न.२ स्थित मुसहर बस्तिमा पुगेपछी यस्ता दृश्यहरु जोकोहीले नियाल्न पाउछन । जन्ता आवास अन्तर्गत मुसहर बस्तिका मुसहरहरुको  जिवनमा नै पहिलो पल्ट आफ्नै घर बने पछीको खुसीयाली हो यो । 

    रामपुकार सादालाइ अघिल्लो हिउद र वर्षा फर्केर सम्झन पनि मन लाग्दैन । हुन त सरकारले  आफ्नै २ कोठे भवन बनाइदिने घोषणा गरेपछी रामपुकारका झण्डै ४ बर्ष प्रतिक्षामा नै दिनचर्या विताउनु पर्‍यो । अघिल्लो हिउद मात्र हैन उन्ले बितेको ४ बर्ष उस्तै पिडामा बिताए । 
    पक्की घर बन्नुभन्दा पहिला अस्थायी टहरामा बस्दै आएका रामपुकारले हिउद र बर्षायाममा भोगेको दु:ख र पीडा सम्झिनसक्नुको छ ।

    `बर्षायाममा छानो छिचोलेर पानी चुहिनाले बर्षाभरी छोराछी बिरामी भए । वृद्ध आमा बिरामी परिन । ´ उन्ले भने ।

    बिहान-बेलुका मजदुरी गरेर परिवारको लागी जिविकोपार्जनको माध्यम बनेका रामपुकारले बिरामी भएकै कारण काम गर्न नपाउदा कयौ रात पानी पिएर सुतेको नमिठो अनुभव छ ।

    मानिसलाइ नाना, छाना र खाना अत्यावश्यक छ तर गरिबी र मजदुरी गर्ने वातावरण बन्न नसक्दा रामपुकार बितेको ४ बर्षसम्म निक्कै कष्टकरसग जिविकोपार्जन गरे ।

    `मैले सरकारले घर बनाइदिन्छु भनेपछी भएको टहरालाइ समेत भत्काएर पुर्ण अस्थायी टहरामा बसे तर सितलहर, गर्मी र बर्षाले सार्‍है विजोग बनाएको थियो । उन्ले भने ।

    त्यसो त रामपुकारले यस्तै समस्या कयौ बर्षदेखी नभोगेका हैनन तर सरकारले घर बनाइदिने भनेपछी अस्थायी टहरामा ओत लाग्दा  बितेको ४ बर्ष निक्कै कष्ट बन्यो ।

    रामपुकार जस्तै अहिले यस बस्तिका १९ घरपरिवारमा खुसीयाली छाएको छ । सरकारले छानाको व्यस्था गरेपछी आधा समस्या नै निराकरण भएको मुसहर समुदायको बुझाइ छ ।

    अहिले यस वडा न.२ मात्र १९ घर बनेका छन । गौशाला नगरपालिकाभरी झण्डै ९१ वटा घर बन्ने तयारी भएको जनप्रतिनिधिको भनाइ छ ।  

    जन्ता आवास अन्तर्गत नै गौशाला स्थित फुल्का, खयरमारामा पनि  धमाधम घर बन्दै छन । पछिल्लो समय जलवायुमा भएको परिवर्तनले गरिव, बिपन्न तथा पिछडिएका बर्गहरुमा सुरक्षित आवासको ब्यवस्थापन हुन नसक्दा निक्कै समस्या बन्दै गएको छ ।

    new1.jpg
    undefined

    न्युजकारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार