Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, माघ २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६१ पैसा र बिक्री दर १२० रुपैयाँ २१ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ८२ पैसा र बिक्री दर १३७ रुपैयाँ ५० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ३५ पैसा र बिक्री दर १६३ रुपैयाँ १७ पैसा छ ।

     स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ चार पैसा र बिक्री दर ८६ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ८५  पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३३  पैसा र बिक्री दर १० रुपैयाँ ३८  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१  पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको  राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३२ रुपैयाँ चार पैसा छ भने कतारी रियाल  एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

     मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा  छ ।  कोरियन वन १०० को खरिद दर १० रुपैयाँपैसा र बिक्री दर १० रुपैयाँ पाँच पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार