Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्यमाेहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले


    शुक्रबार, माघ २८ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।

    मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीकाे स्वास्थ्यअवस्थाकाे जानकारी लिएका हुन् ।

    जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेकाे छ । तर,मन्त्री आलेले जाेशीकाे उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेकाे मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

    जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार