काठमाडौं । दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढेको छ । दूग्ध विकास संस्थान (डीडीसी)ले आज शुक्रबारबाट लागू हुनेगरी ९ रुपैयाँ बढाएको हो ।
गत १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ :५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।सरकारले किसानको दूधमा मूल्यवृद्धि गरेपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पुर्याएको छ ।
यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि काठमाडौंमा दूधको मूल्य ८५ रुपैयाँ पुर्याएको छ ।