Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इंग्लिस प्रिमियर लिग: मार्टिनेलीले रातो कार्ड सामना गरेको खेलमा आर्सनल विजयी


    शुक्रबार, माघ २८ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।दस खेलाडीमा सीमित  आर्सनलले  बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई १-० अन्तरले पराजित गरेको छ । खेलको २५औं मिनेटमा गाब्रियल मागाल्हाएसको निर्णायक गोलसंगै आर्सनल शीर्ष पाँचमा उक्लिएको हो  ।

    खेलको ६९ मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्डको सामना गर्दा भ्रमणकारी टोली आर्सनलले थप दबाब झेल्नु पर्‍यो । जितसंगै आर्सनल २२ खेलबाट ३९ अंक सहित पाँचौ स्थानमा उक्लिएको छ । समान खेलबाट ३४ अंकको उल्भ्स आठौं स्थानमा छ  । 

    बिहीवार राति नै भएको खेलमा डिअगो जोटाको दुई गोलसंगै लेस्टर सिटीबिरुद्द लिभरपुलले २-० को जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको  दूरी घटाएको हो ।

    जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने  २१ खेलबाट २६ अंक सहित  १२औं स्थानमा छ  । 

    शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार