स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणकालागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै स्थगित परीक्षा र एवं सम्भव भएसँगै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । त्रिवि कार्यकारी परिषदको माघ २५ गतेको बैठकले यस्तो निर्णय गरेको त्रिविले जनाएको छ ।