Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • होटेल कामदार कोठामा मृत फेला


    बिहिबार, माघ २७ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङमा होटेल कामदार कोठामा मृत फेला परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित सिन्धुलीगढी होटेलमा काम गर्दै आएका झापाको दमक नगरपालिका–१ का निवासी ४४ वर्षीय विनोदप्रसाद निरौला सुतेकै ठाउँमा मृत फेला परेका हुन् । 

    बुधबार दिउँसो १ बजे आराम गर्न भन्दै कोठामा गएका निरौला अबेरसम्म पनि काममा नआएपछि, बोलाउँदा नबोलेको र कोठा नखोलेपछि ढोका तोडेर हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए । 

    मृतकको शव बिहीबार पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । होटेल कामदारको मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार