Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चाँदी जस्तो देखिने तीन किलो सेतो धातुसहित भारतीय नागरिक पक्राउ


    बिहिबार, माघ २७ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने तीन किलो सेतो धातुसहित प्रहरीले २६ वर्षीय पिन्टु मण्डलाई पक्राउ गरेकाे छ ।

    वीरगञ्जबाट काठमाडौं आउने क्रममा  ना१ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारी काठमाडौं न्युरोडमा बसोबास गर्ने भारत पश्चिम बंगाल घर भएका मण्डललाई प्रहरीले मंगलबार पक्राउ गरेकाे हाे ।

    उनलाई उक्त धातु्सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार