Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानडामा ट्रक ड्राइभरहरुको प्रदर्शन जारी, प्रधानमन्त्री ट्रुडोले भने- अर्थतन्त्र र प्रजातन्त्रमाथिको अवरोध ‘अस्वीकार्य’


    बिहिबार, माघ २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै त्यसलाई ‘अस्वीकार्य’ भनेका छन्।

    त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ।

    ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।

    लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ।

    ओटावास्थित संसद्‍मा बुधवार बोलेका ट्रुडोले कोभिड नियमहरूको बचाउ गरेका छन्। ‘अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन्,’ उनले भने। ‘यसलाई अन्त्य गर्न हामीले सबथोक गर्नुपर्छ।’

    उनले प्रदर्शनकारीहरूले देशको ‘अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको’ बताए। कोभिड लागेका कारण एक साता एकान्तमा बसेर उनी सोमबारबाट संसद् फर्किएका हुन्। बीबीसीको सहयोगमा 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार