Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डोटीमा किशोर मृत फेला


    बुधबार, माघ २६ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी । डोटीको जोरायल गाउँपालिका- १ गोगनपानीमा एक किशोर मृत फेला परेका छन्।

    विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसुका १६ वर्षीय किशोर भानु नाथ मृत फेला परेको प्रहरीले जनाएको छ। 

    यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह-प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए।

    बालक मृत भेटिएपछि स्थानीयबासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्तराजमार्ग अवरूद्ध पारेका छन्।

    उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयबासी कमलबहादुर डाँगीले जानकारी दिए। राजमार्ग अवरूद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौं यातायातका साधन गोगनपानीमा जाममा परेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार